Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिन्छः अर्थमन्त्री

२०८० आश्विन १५ गते

बैंकिङ खबर/अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिने बताएका छन् । सोमबार ललितपुरमा आयोजित विश्व लगानीकर्ता सप्ताह– २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले बजार पनि स्वस्थ हुनुपर्नेमा जोड दिए ।

हाल बजार तल झर्नुमा नियमकको माइक्रोम्यानेजमेन्टका केही समस्या रहेको उनले औंल्याए । लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने विषय अहिले चुनौतिपूर्ण तर जरुरी रहेको बताए । विस्तारै सेयर बजार बढ्दै जाने उनले दाबी गरे ।