Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

२०८० आश्विन १४ गते

बैंकिङ खबर/पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निमगलाई निर्देशन दिएका छन्। सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीले आजको मन्त्री परिषदको निर्णय अनुसार आयल निगमलाई निर्देशन दिएको जानकारी दिइन्।

निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने पनि उनले बताइन्। नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो।