Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकले कमायो १५ करोड ६८ लाख मुनाफा, यस्तो छ, समग्र वित्तीय अवस्था

२०७३ कार्तिक २५ गते

laxmi bankलक्ष्मी बैंकले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मीले ११ करोड ३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकको खुद व्याज आम्दानी ५० दशमलव ४९  प्रतिशतले बढेर ४३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ३१ दशमलव ४३ प्रतिशतले बढेर २३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 

बैंकले निक्षेपमा गत वर्षको तुलनाभन्दा २४ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ५१ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ । यता, कर्जातर्फ ३१ दशमलव ०६ प्रतिशत बढाएर ४४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा बैंकको निष्कृय कर्जा घटेको छ भने जोखिमयुक्त सम्पत्ती बढेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशतले घटेर १ दशमलव ६३ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ०१ प्रतिशतले बढेर १० दशमलव ९१ प्रतिशत पुगेको छ । बैंकले प्राभिजनमा १६ करोड २५ लाख रुपैयाँ राखेको छ । जगेडाकोषमा ३ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ८८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५० दशमलव ०६ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १० दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८३ प्रतिशत रहेको छ ।