
बैंकिङ खबर/अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) एपीआईसम्बन्धी कार्यविधि पारित गरेसँगै आईपीओमा यो व्यवस्था लागू हुने भएको छ।
यो व्यवस्था लागू भएसँगै अब बैंक खातामा पैसा नभएको अवस्थामा कसैले आईपीओ भरेमा तत्कालै रिजेक्ट हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्यले कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने बताउँछन् । अब बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ ।


