Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत

२०८० आश्विन ७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार हुनेछ।