
बैंकिङ खबर/ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्ष २०७९–८० को प्रतिफल वितरण गरेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेका हुन् ।
कुमारी धनवृद्धि योजनाले कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो भने कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो । यी योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ ।
दुबै फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गरेका थिए। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।


