Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा महिलाहरूको बढ्दो आकर्षण

२०८० आश्विन ३ गते

बैंकिङ खबर/सेयर बजारमा आवद्ध हुने महिलाको संख्या २४ लाख ७३ हजार बढी पुगेको छ । गत आर्थिक वर्षसम्म सिडिएस एन्ड क्लियरिङ लिमिटेडको अभिलेखअनुसार खुलेका डिम्याट (सेयर अभौतिकीकरण) खाताका आधारमा नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा सेयर बजारमा ५७.५ प्रतिशत पुरुष र ४२.५ प्रतिशत महिला सहभागी भएको देखाएको छ ।

उक्त अवधिमा कूल ५८ लाख २१ हजार डिम्याट खाता खुलेका थिए। जसमा ५७.४ प्रतिशत पुरुष, ०.०१ प्रतिशत संस्थागत र बाँकी महिलाले डिम्याट खाता खोलेको बोर्डद्वारा उपलब्ध तथ्यांकले देखाएको छ। सेयर बजारमा उमेरगत र क्षेत्रगत सहभागिता

२०७९ मा कुल ५३ लाख ४६ हजार, ०७८ मा ३७ लाख ८९ हजार, ०७७ मा १७ लाख ५३ हजार, ०७६ मा १५ लाख ७० हजार डिम्याट खाता खुलेका थिए। उमेर समुहको आधारमा भने १८ वर्षसम्मका १४.५ प्रतिशत, १८ देखि ३० वर्षका ३५.७ प्रतिशत, ३१ देखि ४० वर्षसम्मको २४.२ प्रतिशत,४१ देखि ६० वर्षसम्मका २६.६ प्रतिशत, ६१ देखि माथि २.६ प्रतिशतको डिम्याट खाता खुलेको बोर्डद्वारा प्राप्त प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म खुलेका डिम्याट खातामा सबैभन्दा बढी बागमती प्रदेशको ३८.१ प्रतिशत अर्थात् २२ लाख १६ हजार, कोशी प्रदेशमा १८.९ प्रतिशत अर्थात् १० लाख ९९ हजार, गण्डकी प्रदेशमा १३.३ प्रतिशत अर्थात् ७ लाख ७२ हजार, लुम्बिनी प्रदेशमा ११.४ प्रतिशत अर्थात् ६ लाख ६१ हजार, मधेश प्रदेशमा १०.३ प्रतिशत अर्थात् ६ लाख १ हजार, सुदुरपश्चिम प्रदेशमा ५.८ प्रतिशत अर्थात् ३ लाख ३७ हजार र सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३४ हाजारले डिम्याट खाता खोलेका छन्।