Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डेपुटी गभर्नरले भने–’भारु नोट साट्ने तयारीमा छौँ’

२०७३ कार्तिक २४ गते

chintamani siwakotiभारतीय ५०० र १ हजारको को नोटमा प्रतिबन्ध लगाएसँगै यो विषयले नेपालमा पनि प्रभाव पार्ने ठानिएको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले कस्तो कदम चाल्दै छ ? प्रस्तुत छ, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटिसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामागी :

भारतले यी नोटमा बन्देज लगाएपछि हामीले पनि तत्काल निर्णय लिनुपर्ने अवस्था छ । राष्ट्र बैंक आफूसँग यो दरका नोट छैनन् । नेपालमा लामो समय प्रतिबन्धित यी नोट गत बर्ष प्रधानमन्त्रीको भ्रमण पछि मात्र चलनचल्तीमा ल्याइएको हो । तर, धेरै नेपालीसँग ५०० र एक हजार भारुका नोट छन् भन्ने छ । 

नेपाल र भारतबीच खुला सिमाका एवं व्यापारदेखि रोजगारीसम्मको सम्वन्ध छ । भारतमा रोजगारी गर्न गएका सर्वसाधारण देखि व्यापार गर्नेसम्म यी नोट हुन सक्छन् । हामीले ती सबैलाई सूचना दिएर नोट साट्ने वातावरण तयार गर्नुपर्ने अवस्था छ ।

नेपालमा कति नोट छन् भनेर पत्ता लगाउने कुरालाई शीघ्र रुपमा अघि बढाएका छौँ । र भारतीय यी नोटको कारोवारमा रोक्न तत्काल निर्देशन पनि दिएका छौं । कति कति रकम कुन कुन बैंकमा छन् त्यसलाई तत्काल आजै जानकारी गराउन भनेका छौं ।

हामीले कुटनीतिक रुपमा पनि राष्ट्र बैंक र भारतीय राजदुतावासमा छलफललाई तिब्रताकासाथ अघि बढाएर सो कामका लागि छिट्टै टुङ्गोमा पु¥याउने खालको पहल गर्छौँ । भारतमै पचास दिनभित्र पूराना नोट संकलन गर्ने सीमा तोकेकोले हामीले तत्कालै निर्णय लिनुपर्ने अवस्था छ । हामी जति सक्दो चाँडो संस्थागत निर्णय लिनेछौँ । 

यो नेपालमा मात्रै नभइ भारतीय नोट सार्कका बंगलादेश, श्रींलका, भुटानदेखि खाडी मुलुकसम्म साटिन्छ । त्यसैले ती देशमा समेत यो निर्णयको प्रभाव पर्नेछ । अबैध रुपमा कारोवार गर्ने सम्पती लुकाउने लगाएतका काममा यो पैसा प्रयोग गर्न बढेपछि भारतीय उक्त नोटमा बन्देज लगाईएको हो । भारतले कालोधन र नक्कली नोट नियन्त्रण गर्न र आंतकबादलाई समेत निस्तेज पार्नका लागि यो निर्णय गरीएको भनिएको छ ।