Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा लगानी गरेर देशको उत्पादकत्व बढ्दैनः प्रेम सुवाल

२०८० भाद्र २१ गते

बैंकिङ खबर/ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सेयर बजारमा लगानी गरेर देशको उत्पादकत्व नबढ्ने बताएका छन्। संघीय संसदको तल्लो सदनमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई पूरक प्रश्न राख्ने क्रममा सुवालले यस्तो बताएका हुन् ।

‘विशेषज्ञता हासिल भएका व्यक्तिहरुसमेत आफ्नो विशेषज्ञता भएको क्षेत्रमा नलागीकन एउटै क्षेत्र सेयरमा लगानी गर्नतिर लागे’, उनले भने, ‘विज्ञान विषयकाले विज्ञान विषयमा काम गर्न मिल्थ्यो। सेयरमा लगानी गरेर मिलेन नि।’

‘एजुकेसन पढेकाले नयाँ पुस्ता तयार गर्न मिल्थ्यो, सेयरमा लगानी लाग्नुभएन’, सुवालले थपे, ‘यसरी आफ्नो विशेषज्ञतामा कामै नगर्ने । सेयर लगानीमा कम्प्युटर र ल्यापटप र मोबाइल हेरिराख्ने । यसले गर्दाखेरी देशमा उत्पादन बढ्दैन, देशको उत्पादकत्व बढ्दैन।’