Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हाथवे इन्भेष्टमेन्टको आइपीओ बिक्री खुलाः आवेदन दिनुअघि हेरौं कम्पनीको अवस्था

२०८० भाद्र २१ गते

बैंकिङ खबर/हाथवे इन्भेष्टमेन्ट नेपालले बिहीबार सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ आज भदौ २१ गतेदेखि जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।