Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

थप ११ नयाँ ब्रोकरलाई सदस्यता(सूचीसहित)

२०८० भाद्र १९ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ । मंगलबार नेप्सेले ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको हो । योसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् ।

यसअघि नेप्सेले असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुलाई कारोबार सदस्यता प्रदान गरेको थियो ।