Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना र सबैको लघुवित्त मर्जरमा जाने

२०८० भाद्र १७ गते

बैंकिङ खबर/  साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने / गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएकोछ । दुवै संस्था बीच २०८० भाद्र १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ । उक्त सम्झौतामा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए ।

त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केशब कुमार पौडेल रहनु हुने सहमति भएकोछ ।
तनहुँ जिल्लाको बन्दिपुर १, डुम्रे स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेकोछ ।

त्यस्तै गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेकोछ ।