Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माण्डु हाइड्रोपावरको प्रिमियममा आईपीओ बिक्री खुला

२०८० भाद्र १० गते

बैंकिङ खबर/ माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ ।

यो आईपीओमा कम्पनीले प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेको छ । यसको अर्थ सर्वसाधारणले आईपीओ भर्दा प्रतिकित्ता २०६ रुपैयाँ तिर्नुपर्नेछ ।

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन् ।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गते बैंकिङ समयपछि हुनेछ । माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।