August 22nd, 2023

भगवती हाइड्रोपावरको बिक्री खुला

बैंकिङ खबर/भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलोमा भदौ १९ गते बैंकिङ समयपछि हुनेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]