August 21st, 2023

सन् नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि जारी गरेको हो ।

सर्वसाधारणले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १२ लाख बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा आइतबार बेलुका ७ बजेसम्म १२ लाख २१ हजार १४२ जनाले ३ अर्ब ३३ करोड ४९ लाख ७९ हजार ७१० रुपैयाँ बराबरको १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]