Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डले दियो थप ५ ब्रोकरलाई लाइसेन्स

२०८० भाद्र १ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ। साउन ३२ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ५ वटा ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार पूर्वाधार तयार गरेका थप ५ कम्पनीलाई लाइसेन्स दिइएको हो। नयाँ लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन्। नयाँ ५ सहित ब्रोकर लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ।