August 16th, 2023

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

बैंकिङ खबर/रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँट गरेको हो। क्यापिटलका अनुसार आईपीओमा कूल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो। आवेदन दिएकामध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ। जसमध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएका थिए ।

मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथामार्फत् शेयर बाँडफाँट गरिएको छ। जस अनुसार ९ लाख ६० हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन्। बाँकी आवेदकको हात भने खाली भएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]