बैंकिङ खबर/ अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । फेडले २५ आधार अंकले ब्याजदर बढाएको हो। यससँगै बेन्चमार्क ओभरनाइट ब्याजदर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुगेको छ।
यो २००१ यताकै उच्च हो। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति बढेको भन्दै ब्याजदर बढाएको बताएको छ। साथै बैंकले ब्याजदर अझै बढ्न सक्ने संकेत पनि गरेको छ।
फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्न सक्ने बताएका छन्। जुनमा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो। फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ।