Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मितेरी डेभलपमेन्ट बैंकले कमायो साढे दुई करोड मुनाफा

२०७३ कार्तिक २२ गते

miteriमितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८२ प्रतिशत वबढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मितेरीले १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२७ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ३१ दशमलव ५० प्रतिशत वृद्धि गरी २ अर्ब ३० करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ३५ दशमलव ८५ प्रतिशतले बढाएर २ अर्ब ६ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ५२ दशमलव ८९ प्रतिशतले बढेर ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा पनि ५९ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा ३० लाख रुपैयाँ राखेको छ भने १० करोड २६ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १६ दशमलव ४५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३७ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव २१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ३७ रुपैयाँ, तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ ।