July 23rd, 2023

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने

बैंकिङ खबर/ केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुसार सेयर बजारलाई राहत दिइने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ ।

केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् । यस्तै, आवासीय घर कर्जामा सुविधा दिइएको छ ।