
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई धितोपत्र दोस्रो बजारको कारोबार गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । योसँगै बोर्डबाट कारोबार पाउने नयाँ ब्रोकरको संख्या २९ पुगेको छ ।
पहिलो चरणमा सात वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरले लाइसेन्स पाएका थिए । त्यस्तै बिहीबार पाउनेमा तेस्रो चरणका ब्रोकर रहेका छन् । लाइसेन्सका लागि कुल ४३ वटा ब्रोकरले आवेदन दिएका थिए ।
नेप्सेबाट पहिलो चरणमा सात वटा ब्रोकरले स्वीकृति भएर कारोबार सुरू गरिसकेका छन् ।
