July 17th, 2023

थप १३ बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। सेबोनले शनिबार एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै आस्वा सदस्यता नवीकरण गरेपछि सेबोनको चर्को आलोचना भएको थियो।

कम्पनीहरुको धमाधम आईपीओ र हकप्रद सेयर खुलिरहेको समस्यामा सेबोनले आर्थिक वर्ष २०८०–८१का लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएका थिए। तर, अन्य करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नगरेपछि ती संस्थामा खाता खोलेकाहरुले आज दिनभर सार्वजनिक निष्कासनमा आवेदन दिन पाएनन्। साँझसम्म थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको सेबोनले जनाएकाे छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]