July 17th, 2023

आधा भन्दा बढी आश्वा सदस्यले गरेनन् नवीकरण

बैंकिङ खबर/ चालु आर्थिक बर्षको लागि २४ बैंक वित्तीय संस्थाले मात्रै आश्वा सदस्य नबिकरण गरेका छन्। बाँकीले आश्वा सदस्यको काम गर्नको लागि नबीकरण नगरेको धितोपत्र बोर्डले जनाएको छ। जबकी धितोपत्र बोर्डमा आश्वा सदस्यको काम गर्ने भन्दै ५० बैंक बित्तीय संस्थाले अनुमति लिएका छन्।

५० बैंक वित्तीय संस्थाले आश्वा सदस्यको काम गर्ने भन्दै अनुमति लिएकाे भए पनि केही बैंक वित्तीय संस्था मर्ज भएका कारण पनि उनीहरुले नवीकरण नगरेका हुन्। तर अहिले नै काम गरिरहेका कतिपय बैंक वित्तीय संस्थाले नै नवीकरण नगर्दा प्राथमिक शेयर भर्न लगानीकर्तालाई असुविधा हुन सक्ने देखिएको छ। तर उनीहरुले शुल्क तिरेर पुन नवीकरण गर्न सक्ने छन्। उनीहरुले २५ हजार रुपैयाँ तिरे पुन सदस्यता लिन सक्ने धितोपत्र बोर्डले जानएको छ।

आस्वा सदस्यता नवीकरण गरेका वाणिज्य बैंकहरु

  • नबिल बैंक
  • प्राइम कमर्सियल बैंक
  • एनआईसी एसिया बैंक
  • एभरेस्ट बैंक
  • सनराइज बैंक (मर्जरपछि लक्ष्मी सनराइज बैंक)
  • सिद्धार्थ बैंक
  • कृषि विकास बैंक
  • नेपाल एसबीआई बैंक
  • सिटिजन्स बैंक
  • माछापुच्छ्रे बैंक
  • प्रभु बैंक
  • कुमारी बैंक
  • स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंक
  • ग्लोबल आइएमई बैंक

आस्वा सदस्यता नवीकरण नगरेका वाणिज्य बैंकहरु

  • राष्ट्रिय वाणिज्य बैंक
  • नेपाल बैंक
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
  • एनएमबि बैंक
  • सानिमा बैंक

आस्वा सदस्यता नवीकरण गरेका विकास बैंकहरु

  • सांग्रिला डेभलपमेन्ट बैंक
  • शाइन रेसुंगा डभेलमेन्ट बैंक
  • गरिमा विकास बैंक
  • ज्योति विकास बैंक
  • कामना सेवा विकास बैंक

आस्वा सदस्यता नवीकरण नगरेका विकास बैंकहरु

  • मुक्तिनाथ विकास बैंक
  • लुम्बिनी विकास बैंक
  • महालक्ष्मी विकास बैंक

आस्वा सदस्यता नवीकरण गरेका फाइनान्सहरु

  • आईसीएफसी फाइनान्स
  • रिलायन्स फाइनान्स
  • प्रोग्रेसिभ फाइनान्स
  • श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स

बिक्री खुला भइरहेका आईपीओ

  • भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
  • सिटिजन लाइफ इन्स्योरेन्स
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावर
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
  • सन नेपाल लाइफ इन्स्योरेन्स

बिक्री खुला भइरहेको हकप्रद

  • नेसनल हाइड्रोपावर कम्पनी