Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने

२०८० असार २५ गते

बैंकिङ खबर/घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) विधिसम्मत भर्ने सबैले पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस कम्पनीमा कुल ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन् । कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खोलेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकामा पुगेसम्म आईपीओ आवेदन स्वीकृत हुने सबैलाई १० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जुन व्यवस्थाअनुसार यस कम्पनीको आईपीओ भरेका सबै आवेदन स्वीकृत भएमा पनि सबैलाई १० कित्ताका दरले बाँड्न पुग्छ ।

१० कित्ताका दरले बाँडेपछि पनि करिब ६ लाख कित्ता बाँकी रहन्छ । सो ६ लाख कित्ताबाट करिब ६० हजार आवेदकले थप १० कित्ता अर्थात कुल २० कित्ताका दरले सेयर पाउने छन् । तर दोहोर्‍याएर भर्ने, पर्याप्त मौज्दात नभइ आवेदन दिने जस्ता विधि नपुर्‍याएकाको आवेदन भने अस्वीकृत हुनेछ ।

अस्वीकृत आवेदनको संख्या बढेमा २० कित्ता पाउनेको संख्या अझ बढ्नेछ । ६ लाख ३१ हजार आवेदकले कुल २ करोड ४७ लाख कित्ताका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्राथमिक सेयर निस्कासन गरेको थियो ।

Ad