Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

२०८० असार १९ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार नेप्सेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

रावा इनर्जीको २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत) लाई वितरण गरिएको ८ लाख ४० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १९ लाख ६० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ८३ रुपैयाँ १० पैसादेखि २४९ रुपैयाँ ३० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले आरएडब्लुएकारोबार संकेत प्रदान गरेको छ । मोदी इनर्जी लिमिटेडको पनि २ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत) लाई वितरण गरिएको ७२ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड १७ लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९२ रुपैयाँ ५७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एमइएल कारोबार संकेत प्रदान गरेको छ ।

 

Ad