Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

४७ सय कित्ता सेयर बोलकबोलबाट विक्रि गर्दै वोमी माइक्रोफाइनान्स

२०७३ कार्तिक १९ गते

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चार हजार सात सय ६८ कित्ता हकप्रद सेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्दा विक्रि नभएको सेयर आगामी कात्तिक २८ गतेदेखि मंसिर १२ गतेसम्म बोलकबोलबाट विक्रि गर्न लागेको हो । 

कम्पनीले गत भदौ १३ गतेदेखि असोज १६ गतेसम्म दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । १०० रुपैंया अंकित दरका १ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गरेकोमा सबै सेयर संख्यामा आवेदन नपरेपछि आवेदन नपरेको सेयर बोलकबोलबाट विक्रि गर्न लागेको कम्पनीले जनाएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

womi