Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको हकप्रद सेयरले पायो ग्रेड ३ रेटिङ

२०७३ कार्तिक १९ गते

necoनेको इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था औसत रहेको संकेत गर्छ । 

कम्पनीले एक सय रुपैया अंकित दरका ३२ करोड ४० लाख रुपैयाँ बराबरका ३२ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हाल नेको इन्स्योरेन्सको चुक्तापुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी भएपछि कम्पनीो पुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्ने छ ।