Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मनकामना इन्जिनिरिङ हाइड्रोपावरले असार १९ बाट आइपीओ ल्याउँदै

२०८० असार ११ गते

बैंकिङ खबर/ मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही असार १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाउनेछ।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ छुट्याइएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

 

Ad