November 4th, 2016

रक्तदान गरेर मनायो सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १३ औँ वार्षिकोत्सब

shangrila-dev-blood-donation-picसांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बैंकको काठमाडौँस्थित बालुवाटारमा रहेको केन्द्रिय कार्यालय, नेपालगञ्जस्थित क्षेत्रीय कार्यालय र पोखरास्थित क्षेत्रीय कार्यालय परिसरमा छुट्टाछुट्टै रक्तदान कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ । 

काठमाडौंबाट ३५ युनिट, नेपालगंजमा ५५ युनिट र पोखरामा १०७ युनिट गरी जम्मा १९७ युनिट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । संकलित रगत स्थानीय रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

बैकले ३१ वटा शाखा, ६ वटा माइक्रोफाइनान्स इकाइ, १२ वटा एटिएम तथा ५ शाखाबाट लकर सुविधा लगायत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको  छ । बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुन प्रतिबद्घ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।