Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो थ्रीस्टार हाइड्रोपावरको आइपीओ

२०८० असार ५ गते

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) खुला भएको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोमिख रहेको बुझाउँछ ।

Ad