June 19th, 2023

बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरे कारबाही

बैंकिङ खबर/ सेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ।

सोमबार एक सूचना निकाल्दै सिडिएससीले यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने उल्लेख गरेको छ। घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन दिएको पाइएको छ । 

यसले गर्दा धेरै आवेदन रद्द हुने अवस्थामा आएपछि कम्पनीले आइपिओमा आवेदन दिन सकिने अवधि बढाएर असार १४ गतेसम्मलाई तोकेको छ। यसअघि सूचना अनुसार भने आज (असार ४ गते) आइपिओ निष्कासन बन्द हुने तालिका थियो। कतिपयले अंकित मूल्य एक सय रूपैयाँको सेयर ठानेर आवेदन दिएको कारण पनि धेरै आवेदन रद्द हुने अवस्था आएको बताइएकाे छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]