
बैंकिङ खबर/घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बिहीबारदेखि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आइपीओ भर्न असार १४ गतेसम्मको लागि म्याद थप गरेको हो ।
प्रिमियम मूल्यमा आइपीओ निश्काशन गरेको कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परिसकेका छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना आवेदकबाट ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको १ करोड ७२ लाख ५५ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ।
यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको २.४९ गुणा बढी हुन आउँछ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गरेको हो।
यसमा ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको छ भने सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो। स्थानीयले नकिनेको शेयर समेत थप गरी कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो।