June 15th, 2023

मेन्छियाम हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) लाई निष्काशन गरेको १६ लाख २७ हजार ७५० कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता शेयर गरि सो बराबरको शेयर नेप्समा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई नेप्सेले एमसीएचएल कारोबार संकेत प्रदान गरेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]