२०८० जेष्ठ ३२ गते

ब्याजदर यथावत राख्ने फेडको निर्णय

बैंकिङ खबर/ अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । अमेरिकी फेडले ब्याजदर ५.२५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, फेडले मुद्रास्फीतिलाई ध्यानमा राख्दै थप वृद्धिलाई अस्वीकार भने गरेको छैन ।

यसअघि फेडले निरन्तर १० पटक ब्याजदर बढाएको थियो, जसका कारण सन् २००७ पछि ब्याजदर रेकर्ड हाई पुगेको थियो। अमेरिकी केन्द्रीय बैंकको यो निर्णय विश्वभरका शेयर बजारमा देखिएको छ।

फेडरल रिजर्भले प्रमुख ब्याजदरलाई ५ देखि ५.२५ प्रतिशतलाई निरन्तरता दिएको छ । अमेरिकी केन्द्रीय बैंकले यस वर्षको अन्त्यसम्ममा दुई २५ आधार विन्दु वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी फेडरल रिजर्भले लगातार १० पटकको वृद्धि पछि प्रमुख ब्याज दरमा कुनै परिवर्तन नगरेको हो। समितिले सर्वसम्मत यथास्थिति कायम राख्ने निर्णय गरेको हो।

एजेन्सी