Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबि माइक्रोफाइनान्सको साढे ५ लाख कित्ता हकप्रद मंसिर ६ गतेदेखि

२०७३ कार्तिक १८ गते

nmbएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ बराबर १ दशमलव २ अनुपातमा हकप्रद शेयर मंसिर ६ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कात्तिक १७ गतेसम्म कायम रहेका शेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रदको लागि मंसिर ६ देखि गतेदेखि पुस १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनएमबि माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंक र एनएमबि क्यापिटल लिमिटेडबाट कम्पनीको शेयरमा आवेदन दिन सकिन्छ ।

हाल एनएमबि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरिसकेपछि कम्पनीको पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्ने छ ।