June 6th, 2023

सदस्यता सुपरिवेक्षण विनियमावली बताउँदै नेप्से

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सदस्यता सुपरिवेक्षण विनियमावली बनाउने भएको छ। सदस्यता तथा सुपरिवेक्षण विनियमावली-२०८० बनाउने भएको हो। ब्रोकर कम्पनी तथा स्टक डिलर कम्पनीलाई कसरी प्रभावकारी रुपमा मार्गदर्शन गर्ने भन्ने विषय समेटेर विनियमावली बनाइने भएको हो।

कसरी सदस्यता दिने, ती संस्थालाई अनुगमन र गाइड कसरी गर्ने भन्ने विषय विनियमावलीले समेट्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए।

अहिले मस्यौदा भइरहेको विनियमावली २०५५ सालमा बनेको भन्दा निकै परिष्कृत र समय सुहाउँदा प्रावधानसहितको रहेको उनले बताए। उक्त विनियमावलीको मस्यौदा बनिसकेकाले अब बस्ने नेप्सेको बोर्डले पारित गर्दै छ। हाल नेप्सेमा अध्यक्ष पद रिक्त छ। नयाँ नियुक्तीपछि मात्र विनियमावली पास हुने छ।

हाल नेप्सेले ब्रोकर तथा स्टक डिलर कम्पनीहरुका लागि धितोपत्र सदस्यता तथा कारोबार विनियमावली-२०५५ को आधारमा सदस्यता दिने, अनुगमन र सुपरिवेक्षण गर्दै आएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]