Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कारोबार सञ्चालनको अनुमति माग्दै ७ कम्पनीले दिए नेप्सेमा निवेदन

२०८० जेष्ठ १९ गते

बैंकिङ खबर/ नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निवेदन दिएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको थियो। तिनै ब्रोकर लाइसेन्स पाएका कम्पनीहरुले कारोबार सञ्चालन गर्न नेप्सेमा सदस्यताका लागि निवेदन दिएका हुन् ।

ती कम्पनीहरुले नेप्सेबाट नयाँ सदस्यता पाएपछि नेप्सेकै टीएमएसमार्फत सेवा शुरु गर्ने बताइएको छ। ती कम्पनीहरुले सेबोनबाट चुक्तापुँजीका आधारमा सीमित कार्य गर्ने नयाँ ब्रोकर कम्पनीको लाइसेन्स पाएका छन्।

सेबोनले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरुमध्ये एउटा स्टक डिलर, ३ वटाले पूर्ण कार्य गर्ने र ३९ सीमित कार्य गर्ने ब्रोकर कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन्।

Ad