Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको ७१ हजार कित्ता सेयर बिक्रीमा

२०८० जेष्ठ १७ गते

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले ७१ हजार २ सय ६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बोलकबोल (लिलाम बढाबढ) मा बिक्री हुने उक्त सेयरका लागि खरिद आवेदन बुधबार खुला गरेको छ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयर आवेदन जेठ २३ गते पेस गरिसक्नु पर्ने म्याद दिइएको छ। आवेदन फारम कुमारी क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

सेयरको न्युनतम मूल्य प्रति कित्ता ११० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा सो मूल्यभन्दा कम अंकित गर्न पाइँदैन। बोलकबोल गर्दा न्युनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ।

Ad