Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंसिर १ गतेदेखि २ वित्तीय संस्थाको हकप्रद सेयर खुल्दै

२०७३ कार्तिक १७ गते

मंसिर १ गतेदेखि दुई वटा वित्तीय संस्थाको हकप्रद सेयर खुल्ने भएको छ । सेती फाइनान्स र जनता बैंकले हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । 

जनता बैंकको ५० प्रतिशत हकप्रद
janataजनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्रि प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । 

जनता बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल जनता बैंकको पुँजी दुई अर्ब छ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

सेती फाइनान्सको १५० प्रतिशत हकप्रद
seti-financeसेती फाइनान्स लिमिटेडको १५० प्रतिशत हकप्रद सेयर मंसिर १ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

हाल कम्पनीको ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद जारीपछि पुँजी नौ करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ । असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।