Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोकियो

२०८० बैशाख २९ गते

 

बैंकिङ खबर/ सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ ।

धितोपत्र बोर्डका अनुसार बिहीबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इमेलमार्फत प्रक्रिया रोक्ने जानकारी गराएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डले अगाडि बढाएको नयाँ स्टक एक्सचेञ्ज दिने प्रक्रिया रोकिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए ।

उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका टिप्पणी भइरहेको थियो । धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।