Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राष्ट्र बैंकको कडाइपछि घट्यो सेयर धितो कर्जा

२०८० बैशाख २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९–८०को चैत मसान्तसम्म सेयर कर्जा जम्मा ७५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९को चैत मसान्तसम्म पनि सेयर धितो कर्जा घटेर ९४ अर्ब ५९ करोड रुपैयाँ गएको देखिन्छ ।

अहिलेको तथ्यांकअनुसार मौद्रिक नीतिमा गरिएको कडाइपछि १ करोड रुपैयाँमाथिको सेयर धितो कर्जामा भारी गिरावट आएको छ। त्यस्तो कर्जा अहिले जम्मा ४३ अर्ब ९८ करोड रुपैयाँबराबर रहेको छ। यो भनेको २१ महिनाको अवधिमा १ करोड रुपैयाँ माथिको सेयर धितो कर्जा करिब ४१ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँले कम हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा ११ अर्ब ५० करोड रुपैयाँबराबर प्रवाह भएको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १२ अर्ब ८१ करोड रुपैयाँमात्रै प्रवाह भएको छ।त्यसैगरी २५ लाख रुपैयाँभन्दा तलको सेयर धितो कर्जा ६ करोड ८० लाख रुपैयाँमात्रै प्रवाह भएको देखिन्छ।