May 12th, 2023

बेलायतमा फेरि बढ्यो ब्याजदर

बैंकिङ खबर/बेलायतको बैंक अफ इंग्ल्यान्डले कोरोनाकालपछि १२ औँ पटक ब्याजदर बढाएको छ । योसँगै त्यहाँ नीतिगत ब्याजदर ४.५ प्रतिशत पुगेको छ । हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ । यो युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो ।

योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ । यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै उच्च हो। बेलायतमा हाल इन्धनको मूल्य बढ्दा तथा खाद्य संकट र बेरोजगारीको संख्या बढ्दा महँगी तथा मुद्रास्फीति बढेको हो।

बेलायतको अर्थतन्त्र धरमराउँदा अहिले बेलायतमा चर्को रोजगारीको अभाव भएको छ। बेलायतको कुल ग्रहस्थ्य उत्पादनमा पनि ०.३ प्रतिशतले गिरावट आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]