Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बेलायतमा फेरि बढ्यो ब्याजदर

२०८० बैशाख २९ गते

बैंकिङ खबर/बेलायतको बैंक अफ इंग्ल्यान्डले कोरोनाकालपछि १२ औँ पटक ब्याजदर बढाएको छ । योसँगै त्यहाँ नीतिगत ब्याजदर ४.५ प्रतिशत पुगेको छ । हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ । यो युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो ।

योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ । यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै उच्च हो। बेलायतमा हाल इन्धनको मूल्य बढ्दा तथा खाद्य संकट र बेरोजगारीको संख्या बढ्दा महँगी तथा मुद्रास्फीति बढेको हो।

बेलायतको अर्थतन्त्र धरमराउँदा अहिले बेलायतमा चर्को रोजगारीको अभाव भएको छ। बेलायतको कुल ग्रहस्थ्य उत्पादनमा पनि ०.३ प्रतिशतले गिरावट आएको छ ।