May 10th, 2023

शाखा विस्तारमा अब्बल सुन्धारा सेक्यूरिटीजः चितवनमा खुल्याे नयाँ शाखा

बैंकिङ खबर/ब्रोकर नम्बर ५२, सुन्धारा सेक्यूरिटीज शाखा विस्तारमा अब्बल बन्दै गएको छ । सेक्यूरिटीजले चितवन खैरहनी नगरपालिका वडा नं. ८, पर्सामा नयाँ शाखा विस्तार गरेको छ ।

सेक्यूरिटीजले बुधबार आफ्नो नयाँ तेस्रो शाखा विस्तार गरेको हो । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष गुणराज श्रेष्ठ, खैरहनी नगरपालिका ८ का वडा अध्यक्ष शंकर कँडेल र सुन्धारा सेक्यूरिटीजका अध्यक्ष बद्री गोविन्द श्रेष्ठले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका हुन् । शाखाले शेयर कारोबार तथा निक्षेप सदस्य सेवा प्रदान गर्नेछ ।

सेक्यूरिटीजले विगत १२ वर्षदेखि काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालय, लमजुङ बेशिसहरको शाखा कार्यालय र बारा सिमरा शाखा कार्यालयबाट शेयर खरिदबिक्री तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ ।