
बैंकिङ खबर/धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको हो ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका थिए भने दोस्रो चरणमा १३ वटाले पाएका छन् । यो सहित आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । ब्रोकरका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् । नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् ।
