Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तबारे फैलाइएका भ्रम चिर्न आवश्यक छः रामबहादुर यादव

२०८० बैशाख २० गते

बैंकिङ खबर/ नेपाल लघुवित्त बैंकर्स संघका महासचिव एवम् नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नेपालमा हाल ६२ वटा लघुवित्तबाट ३३ लाख मानिसले वित्तीय स्रोत पाएर व्यवसाय गरिरहेको बताएका छन् । ग्रामीण अर्थतन्त्र विकासका लागि सहकारी र लघुवित्तको विकल्प नभएको उनको भनाइ छ।

मिडिया इन्टरनेसनलद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लघुवित्तले वित्तीय जागरणको सरकारी अभियानलाई पनि प्रभावकारी बनाउन भूमिका खेलिरहेको भन्दै लघुवित्तबारे फैलाइएका भ्रम चिर्न आवश्यक रहेको बताए। उनले भने, ‘लघुवित्तले एसोसिएसनमार्फत जिल्लागत रूपमा साक्षरताका कार्यक्रमहरू भएका छन्।’

रोजगारी, उत्पादन र देशको अर्थतन्त्रलाई बढाउन कृषि क्षेत्र नै मुख्य आधार रहेको उनको भनाइ छ। ६६ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको भन्दै उनले कृषिलाई कसरी व्यावसायीकरण गर्ने भन्नेमा राज्यले ध्यान दिनुपर्ने बताए।

व्यवसायीकरणका लागि प्राविधिक सहयोग चाहिने भन्दै उनले उत्पादन गरेको वस्तुलाई बजारसम्म पु¥याउन सहजीकरण गरिदिन कार्यक्रममार्फत नै तीनै तहका सरकारको ध्यानाकर्षण गराए।