May 3rd, 2023

सात बैंकलाई नयाँ ब्रोकर लाइसेन्स

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले विभिन्न ७ वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ। बोर्डले नबिल बैंक, तत्कालीन मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्रसम्बन्धी कारोबार गर्न आशयपत्र प्रदान गरेको हो।

बोर्डले नबिल बैंकलाई धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको छ। यस्तै, साविक मेगा बैंकले धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्न मेगा स्टक मार्केट लिमिटेडको नामबाट एलओई प्राप्त गरेको हो।

यस्तै, सिटिजन्स बैंकले सहायक कम्पनीका रुपमा सीबीआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केबीएल सेक्युरिटिज लिमिटेड, एनएमबी बैंकले एमएमबी सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिमा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्रसम्बन्धी सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन्। नेपाल धितोपत्र बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ।