Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१६ ब्रोकर कम्पनीलाई लाइसेन्सको आशयपत्र

२०८० बैशाख १८ गते

बैंकिङ खबर/स्टक डिलरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डको साेमबार बिहान बसेको सञ्चालक समितिको बैठकले एउट स्टक डिलरसहित १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्सको लागि आशयपत्र दिने निर्णय गरेको हो।

स्टक डिलरको नबिल र ब्रोकरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मेगा स्टक मार्केटले आशयपत्र अर्थात् एलओआई प्रदान गर्ने निर्णय बोर्डले गरेको हो। बाँकी १४ वटाले भने सीमित कार्य गर्नका लागि ब्रोकर लाइसेन्स पाएका छन्।

कुन कम्पनीले पाए आशयपत्र?

१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी

२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

 

Ad