May 1st, 2023

अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

बैंकिङ खबर/अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको छ ।

फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

१३ अप्रिल २०२३ सम्म, फर्स्ट रिपब्लिक बैंकको कुल सम्पत्तिमा लगभग २२९.१ बिलियन डलर र कुल निक्षेपहरूमा १०३.९ बिलियन थियो । सबै निक्षेपहरू ग्रहण गर्नुको अतिरिक्त, जेपी मोर्गन चेस बैंक, नेशनल एसोसिएसन, फर्स्ट रिपब्लिक बैंकको सबै सम्पत्तिहरू खरिद गर्न सहमत भएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले उल्लेख गरेको छ ।

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन र जेपी मोर्गन चेस बैंकबीच बैंक टाट पल्टिएपछिको अवस्थामा हुने घाटा दुवैले व्यहोर्ने सममति भएको जनाएको छ । फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन र जेपी मोर्गन चेस बैंकबीच फर्स्ट रिपब्लिक बैंकको स्वाीत्व लिएपछिको घाटा संयुक्र रुपमा बहन गर्ने सम्झौताले कभर गरिएको ऋणमा घाटा र सम्भावित रिकभरीहरू साझा गर्ने जनाइएको छ ।

उक्त घाटा संयुक्त रुपपमा बहन गर्नेगरी भएका कारोबारले सम्पत्तिलाई निजी क्षेत्रमा राखेर अधिकतम रिकभरी गर्ने प्रक्षेपण गरिएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले उल्लेख गरेको छ । मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए । तर त्यसले टाट पल्टिनबाट रोक्न भने सकेन ।

जेपी मोर्गनले भने अब उक्त ३० अर्ब डलर फिर्ता हुने बताएको छ । समग्रमा, फर्स्ट रिपब्लिकन बैंक २००८ को वित्तीय संकटमा असफल भएको वासिंगटन म्युचुअल पछि टाट पल्टिने दोस्रो ठूलो बैंक रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

२०२३ को पहिलो ३ महिनामा मात्रै १०२ बिलियन अमेरिकी डलर निक्षेप झिकेको खुलासा फर्स्ट रिपब्लिकले गरेको थियो । अमेरिकामा गत मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो । जसले बैंकिङ संकट उत्पन्न हुने शंका गरिएको थियो । फस्ट रिपब्लिक बैंकको पनि सिलिकन भ्याली बैंकको जस्तै स्टार्टअपमा बढी लगानी रहेको न्यूयोर्क टाइमम्सले उल्लेख गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]