Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक र कमोडिटीजको लागि मूल्यांकन समिति गठन

२०८० बैशाख १७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जका लागि मूल्यांकन समिति गठन गरेको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जको लागि आवेदन दिएका निवेदन अध्ययन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्व मूल्यांकन समिति गठन गरेको हो ।

समितिमा अर्थ मन्त्रालयबाट सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी सदस्य रहेका छन् ।

 

Ad