
बैंकिङ खबर/ यतिबेला वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि धमाधम आईपीओ खुलेको छ । सोमबार मात्रै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ ।
नेपाल धितोपत्र बोर्डले श्रम स्वीकृति लिएर नेपालबाहिर काम गरिरहेका नेपालीहरूका लागि १० प्रतिशत आईपीओ छुट्याएको हो । यसरी छुट्याए पनि अधिकांशलाई कसरी आवेदन दिन सकिन्छ भन्नेबारे ज्ञान नभएको अवस्था छ ।
कसरी दिने आवेदन ?
आईपीओ भर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्नेछ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डिपि)मार्पmत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्नेछ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी रेमिट्यान्स बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनुपर्नेछ।
आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ। आवेदकले आईपीओ निष्काशन भएको अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन्।
